
काठमाडौं । युक्रेनमा जारी युद्ध अन्त्य गर्न युक्रेनी र रुसी प्रतिनिधिमण्डलबीचको बैठक टर्कीको इस्तानबुलमा सम्पन्न भएको छ । बैठकपछि युक्रेनी रक्षामन्त्री रुस्तम उमरोभले दुवै देशले एक–एक हजार युद्धबन्दी रिहा गर्न सहमत भएको जानकारी दिएका छन् ।
उनले भने, "हामीले युद्धविराम र मानिसहरूको आदानप्रदानको विषयमा छलफल गर्यौं । एक हजार मानिसहरूको रिहाइको सहमति बैठकले गरेको छ ।"
शान्ति वार्तामा रुसी प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका भ्लादिमिर मेन्डिन्स्कीले कैदी आदानप्रदानमा भएको सम्झौताको पुष्टि गरे ।
उनले भने, "युक्रेनी पक्षले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच प्रत्यक्ष वार्ता होस् भनेर अनुरोध गरेको छ । हामीले उनीहरूको अनुरोध रेकर्ड गरेका छौँ ।"
मेन्डिन्स्कीका अनुसार, प्रत्येक पक्षले सम्भावित भविष्यमा युद्धविरामबारे आफ्नो दृष्टिकोण प्रस्तुत गर्ने सहमति भएको छ ।
दुवै पक्षले युद्धबन्दीहरूको रिहाइको मिति तय गरेका छन्, तर सार्वजनिक गरेका छैनन् । बीबीसी