site stats
बाह्रखरी :: Baahrakhari
खेल
कंगो फुटबलमाथिको प्रतिबन्ध फुकुवा

काठमाडौं । विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले कंगो गणराज्य फुटबल महासंघमाथिको प्रतिबन्ध फुकुवा गरेको छ । तीन महिनापछि कंगोमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरिएको बुधबार फिफाले जनाएको हो । 

यसअघि फिफाले संघमा तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै कंगोमाथि प्रतिबन्ध लगाएको थियो । फिफाले कंगोको खेलकुद मन्त्रालयले संघमाथि हस्तक्षेप गरेको जनाएको थियो ।

प्रतिबन्ध फुकुवाका निम्ति फिफाले कंगोसामु मन्त्रालयले नियन्त्रणमा लिएको संघको कार्यालय फिर्ता गर्नुपर्ने सर्त राखेको थियो । प्रतिबन्ध फुकुवा गर्ने क्रममा फिफाले उक्त सर्त पूरा भएको जनाएको छ ।

फिफाले प्रतिबन्ध लगााएको केही दिनमा खेलकुदमन्त्री ह्युगेस न्यागोएलेन्डेले प्रतिबन्ध फुकुवा गर्न फिफासँग समन्वय गर्ने बताएका थिए ।
 

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  १६:०२
प्रतिक्रिया दिनुहोस्