
काठमाडौं । मेजर लिग सकर (एमएलएस)को टोली इन्टर मियामीले सान जोससँग ३–३ को बराबरी खेलेको छ ।
पछिल्लो समय स्वाभाविक लयका निम्ति संघर्षरत मियामीले पछिल्लो ११ खेलमध्ये तीन खेलमा मात्रै जित निकालेको छ । मियामी तीन खेलमा बराबरीको नतिजा निकाल्दा पाँच खेलमा हार व्यहोरेको छ ।
बिहीबार पहिलो मिनेटमै म्याक्सिमिलियानो फाल्कोनले गोल गर्दै मियामीलाई अग्रतामा राखेका थिए । तर, घरेलु टिमका क्रिस्टियन अरांगोले गोल गर्दै सान जोसलाई खेलमा फर्काए । ३७औँ मिनेटमा बेउ लेरोक्सले गोल गर्दै सान जोसलाई २–१ को अग्रतामा राखे । तर, ४४औँ मिनेटमा टाडेओ एलेन्डेले गोल गर्दै मियामीलाई पुनः खेलमा फर्काए ।
पहिलो हाफको इन्जुरी समयमा लान हार्केसले गोल गर्दै सान जोसलाई पुनः अग्रतामा राखेका थिए । ५२औँ मिनेटमा एलान्डेले दोस्रो गोल गरेपछि मियामी पुनः खेलमा फर्किएको हो ।
जारी सिजन एमएलएसमा मात्रै मियामीको यो चौथो हार हो । तालिकाको पाँचौँ स्थानमा रहेको मियामीले इस्टर्न कन्फेरेन्समा १२ खेलबाट २२ अंक जोडेको छ । यता, वेस्टर्न कन्फेरेन्सको सातौँ स्थानमा रहेको सान जोसले १७ अंक जोडेको छ ।