site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै
फाइल तस्बिर ।

काठमाडौं । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्ने तय भएको बैठक मंगलबार बिहान ९:४५ बजेका लागि बोलाइएको छ ।

आज बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको हो ।

प्रतिनिधिसभा नियमावली, २०७९ को व्यवस्थानुसार समितिले सभाका कामकारबाहीबारे सभामुखलाई परामर्श दिन्छ । परामर्शका आधारमा सभामुखले नियमावलीले दिएका अधिकार प्रयोग गर्ने अभ्यास छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  ०९:३०
प्रतिक्रिया दिनुहोस्