site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
उजुरीसम्बन्धी प्रतिवेदन यथाशीघ बुझाउन निर्देशन

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले उजुरी छानबिन गर्न विभिन्न समयमा बनेको उपसमितिहरूलाई यथाशीघ्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । बिहीबारको बैठकका समितिका सभापति ऋषिकेश पोखरेलले उजुरी छानबिनका लागि गठन गरिएको उपसमितिलाई यथाशीघ्र प्रतिवेदन बुझाउन आग्रह गर्दै एकमहिनाभित्रै बुझाइसक्नुपर्ने निर्देशन दिए । 

समितिले उजुरीहरूको छानबिनका लागि विभिन्न समयमा नौवटा उपसमिति गठन गरेको थियो । ती उपसमितिका समितिका संयोजकहरूलाई जतिसक्दो छिटो प्रतिवेदन बुझाउन भनेको हो । समितिमा ४८  उजुरी परेको थियो । ती उजुरी छानबिन गर्नका लागि समितिले उपसमिति बनाएको थियो ।

बैठकमा समितिका सभापति पोखरेलले बैठकलाई मर्यादित बनाउन समितिका सबै सदस्यहरूले संयमित भएर प्रस्तुत हुन आग्रह गरेका थिए । रासस
 

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  १५:५६
प्रतिक्रिया दिनुहोस्