site stats
बाह्रखरी :: Baahrakhari
देश
रवि र छविको मुद्दा आज पनि 'हेर्दाहेर्दै'मा, भोलिलाई पेसी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको मुद्दा आज पनि 'हेर्दाहेर्दै' परेको छ ।

रविको तर्फबाट १० जना वकिलले बहस गरेपछि आजको बहस टुंगिएको छ । छविका वकिल र सरकारी पक्षको बहस हुन बाँकी छ ।

निवेदन बिहीबार नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा परेको थियो । इजलासमा रवि र छविको मात्र निवेदन परेको थियो ।

 

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  १७:३३
प्रतिक्रिया दिनुहोस्