site stats
बाह्रखरी :: Baahrakhari
देश
तनहुँमा पेस्तोलसहित दुई युवा पक्राउ
प्रतीकात्मक तस्बिर ।

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४, बेनीटारबाट बिहीबार पेस्तोलसहित दुई युवा पक्राउ परेका छन् ।

प्रहरीका अनुसार, पक्राउ पर्नेमा चितवनको माडी नगरपालिका–७, गौरी नगर निवासी ३२ वर्षीय विजय तिवारी र नवलपरासीको बर्दघाट सुस्ताको गैँडाकोट नगरपालिका–१२, हर्कपुर निवासी २५ वर्षीय मिलन ढकाल रहेका छन् । मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ना २८ प १५१९ को मोटरसाइकल जाँच गर्ने क्रममा अमेरिकामा बनेको ७७१ लेखिएको पेस्तोलसहित म्याग्जिन एक थान र गोली एक थान बरामद गरिएको हो ।

उक्त मोटरसाइकलको पछाडि सवार ढकालले बोकेको झोलाबाट पेस्तोल बरामद गरिएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  २०:२८
प्रतिक्रिया दिनुहोस्