देश

पाल्पा । पाल्पाको तिनाउ खोलामा डुबेर एक भारतीय नागरिक बेपत्ता भएका छन् । बिहीबार (जेठ ८) दिउँसो तिनाउ गाउँपालिका–३ स्थित तिनाउ खोला ड्यामसाइडमा भारतको नौतनहवाका १८ वर्षीय सोयव अन्सारी पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका हुन् ।
उनीसँग चार साथी घुम्न आएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सुनील मल्लले जानकारी दिए । बेपत्ता अन्सारीको खोजी भइरहेको उनले बताए ।
साथीहरू भने सकुशल छन् । गर्मी सुरु भएसँगै हरेक वर्ष यहाँ भारतबाट पर्यटक घुम्न आउने गर्छन् । गर्मी छल्न यहाँ आउने प्रायः पौडी खेल्न तिनाउ खोला जाने गरेका छन् । रासस
प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२ २२:२३
प्रतिक्रिया दिनुहोस्