site stats
बाह्रखरी :: Baahrakhari
खेल
विराट कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास

काठमाडौं । भारतीय क्रिकेट टिमका पूर्वकप्तान विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यास लिएका छन् । कोहलीले सोमबार इन्स्टाग्राममार्फत टेस्ट क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका हुन् ।

कोहलीले टेस्ट फर्म्याटमा १२३ खेलबाट ९ हजार २३० रन बनाए । जसमध्ये ३० खेलमा शतक बनाएका थिए भने ३१ खेलमा अर्धशतक बनाए ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Virat Kohli (@virat.kohli)

यसअघि, गत हप्तामात्रै रोहित शर्माले टेस्टबाट सन्न्यास लिएका थिए ।

आईसीसीबाट ।

प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  १२:१९
प्रतिक्रिया दिनुहोस्