site stats
बाह्रखरी :: Baahrakhari
खेल
बार्सिलोनाबाटै सन्न्यास लिने राफिन्हाको चाहना

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनासँगको सम्झौता नवीकरण गरेपछि फरवार्ड राफिन्हाले क्याटालन क्लबबाटै सन्न्यास लिने चाहना रहेको बताएका छन् ।

ब्राजिलका फरवार्ड राफिन्हाले यो सिजन बार्सिलोनाबाट ५६ खेल खेल्दा ३४ गोल र २५ असिस्ट गरे । उनको प्रदर्शन उच्च लयमा रहँदा बार्सिलोनाले घरेलु फुटबलमा ला लिगा, कोपा डेल रे र स्पेनिस सुपर कपको उपाधि जितेको थियो ।

Argakhachi Cement Island Ad

“यसले केही फरक अनुभव दिन्छ । अर्को वर्षसम्म बार्सिलोना परिवारको सदस्य हुन पाउँदा म निकै खुसी छु,” सम्झौता नवीकरणपछि साफिन्हाले भने, “मैले यसअघि मेरो परिवारले करिअरको अन्त्यसम्म म यहीँ रहन चाहन्छु भनेको थिएँ । आशा छ, मैले त्यसलाई पूरा गर्न सकूँ ।”

२८ वर्षीय राफिन्हा सन् २०२२ मा लिड्डबाट बार्सिलोना अनुबन्धित भएका थिए । लिड्सबाट प्रिमियर लिगमा दुई सिजन बिताउँदा उनले १७ गोल गरेका थिए । बार्सिलोना अनुबन्धित भएको दुई सिजनसम्म १३ गोलमात्र गरेपछि राफिन्हालाई क्लबले सरुवा बजारमा राख्ने उच्च चर्चा थियो ।

तर, जर्मन प्रशिक्षक हेन्सी फ्लिकको आगमनसँगै क्लबले लय समाउँदा राफिन्हाको पनि प्रदर्शन उच्च छ । उनले यस सिजन ला लिगामा कुल १८ गोल गरेका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  ११:३६
प्रतिक्रिया दिनुहोस्