site stats
बाह्रखरी :: Baahrakhari
खेल
फागुराम प्रेरित प्लानिङको रवाफिलो जित

काठमाडौं । फागुराम प्रेरित प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा रवाफिलो जित निकालेको छ ।

शुक्रबार प्लानिङले लिगको अन्तिम खेलमा पुछारमा रहेको श्री टुसाल युवा क्लबविरुद्ध ८–३ को फराकिलो जित निकालेको हो ।

काठमाडौंस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा प्लानिङलाई जित दिलाउन फागुराम थारु एक्लैले पाँच गोल गरे । त्यसैगरी टोलीका रामबाबु कुमार साह, ओम प्रकाश चौधरी र प्रताप सिंह राईले समान एक गोल गरे । 

Argakhachi Cement Island Ad

टुसालका सुजन माझी, प्रदीप सुनार र विनोद नेम्वाङले समान एक गोल गरे पनि टोलीको हार टार्न सकेनन् । 

फागुरामले पहिलो हाफमै पाँच गोल गर्दा मध्यान्तरसम्म टुसालविरुद्ध ५–१ को अग्रता बनाएको थियो । योसँगै, जारी प्रतियोगिातमा फागुरामले कुल १५ गोल गरेका छन् । 

दोस्रो हाफमा प्लानिङले तीन गोल थप्दा टुसालले दुई गोलमात्र फर्काउन सकेको थियो ।

जितसँगै प्लानिङले लिग अन्तय गरेको छ । यस संस्करण दुई खेलअगाावै शीर्ष डिभिजन लिगमा बढुवा भएको प्लानिङले ३३ अंक जोडेको छ । प्लानिङले १३ खेलमा १० जित र तीन बराबरीसहित ३३ अंक जोडेको हो । 

लिग चरणमा प्लानिङले झापा फुटबल क्लबविरुद्ध २–१, च्यासल युथ क्लबविरुद्ध ४–०, मध्यपुर युथ एसोसिएसनविरुद्ध २–०, ब्वाइज युनियनविरुद्ध २–१, सरस्वती युथ क्लबविरुद्ध ३–०, आरसिटीविरुद्ध १–०, वीरगञ्ज युनाइटेडविरुद्ध १–०, बाँसबारी क्लबविरुद्ध २–०, नयाँबस्ती युथ क्लबविरुद्ध ५–० र टुसालविरुद्ध ८–३ को जित निकालेको थियो । 

पराजित टुसालले भने रेलिगेसन सामना गर्दै लिग अन्त्य गरेको छ । यो टुसालको छैटौँ हार हो । टुसालले एक खेलअगावै रेलिगेट हुने दोस्रो टोली बन्दै ‘बी’ डिभिजन लिगको हैसियत गुमाएको थियो । टुसालले यस संस्करणमा ११ अंक मात्र बनाउन सक्यो । टुसालले १३ खेलमा दुई जित, पाँच बराबरी र ६ हारबाट ११ अंक जोडेको हो ।

लिग चरणमा टुसालले सरस्वती युथ क्लबविरुद्ध १–० र नयाँबस्ती युथ क्लबविरुद्ध २–१ को जित निकालेको थियो । 

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  १६:१७
प्रतिक्रिया दिनुहोस्