site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमालेमाथि माओवादीले आक्रमण गरिरहेको छ : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरलले नेकपा (माओवादी केन्द्र)ले एमालेमाथि आक्रमण गरिरहेको बताएका छन् । कास्कीमा राष्ट्रिय युवा संघ नेपालको १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा उनले एमाले र पार्टीको नेतृत्वमा हमला गर्ने काम माओवादीले गरिरहेको बताए ।

"हाम्रो पार्टी र हाम्रो पार्टी नेतृत्वविरुद्धमा जुन हमला भइरहेको छ, जुन प्रकारको घेराबन्दी र आक्रमण भइरहेको छ । त्यसबाट हामीले के कुरा बुझ्नुपर्छ भने हाम्रा विरोधीहरूले जुन हिसाबले हाम्रो विरोध गरिरहेका छन् । त्यो आलोचनाको अन्तर्य के हो भन्ने कुरा बुझ्नुपर्छ । जसको ध्येय, उद्देश्य नै नेकपा (एमाले)लाई कमजोर र समाप्त पार्ने रहेको छ," उनले भने ।

Argakhachi Cement Island Ad

उनले अगाडि भने, "आज हाम्रो पार्टीका विरुद्ध जुन प्रकारको घेराबन्दी र आक्रमण भइरहेको छ । कसका तर्फबाट भइरहेको छ भन्ने कुरालाई हामीले विश्लेषण र विवेचना गर्ने हो भने सबैभन्दा धेरै हाम्रो पार्टी र हाम्रो पार्टीका नेतृत्वको विरुद्धमा नेकपा (माओवादी) र तिनका कार्यकर्ता अत्यन्त आक्रामकरूपमा प्रस्तुत भइरहेको पाउने गर्दछौँ ।"

अहिलेको सरकारले बिग्रिएको नेपालको अर्थतन्त्र सुधार गरिरहेको उनको दाबी छ । महासचिव पोखरेलले नेकपा (एमाले)को नेतृत्वको सरकार र एमालेबाट कुनै गलत काम नभएको दाबी गरे ।

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  १८:२५
प्रतिक्रिया दिनुहोस्