site stats
बाह्रखरी :: Baahrakhari
खेल
प्लानिङ च्याम्पियन र भगवती दोस्रो बन्दै शीर्ष डिभिजनमा बढुवा

काठमाडौं । प्लानिङ ब्वाइज युनाइटेड र भगवती क्लब टोखा शीर्ष डिभिजन लिगमा बढुवा भएका छन् । प्लानिङ सहिद स्मारक ‘बी’ डिभिजन लिगको विजेता र भगवती उपविजेता बन्दै शीर्ष डिभिजनमा बढुवा भएका हुन् । 

प्लानिङ ३३ अंक जोड्दै लिगको विजेता बनेको हो । प्लानिङले १३ खेलमा १० जित र तीन बराबरीबाट ३३ अंक बनाएको हो । उसले दुई खेलअगावै शीर्ष डिजिभज तय गरेको थियो । विजेता बनेसँगै प्लानिङले १५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।

Argakhachi Cement Island Ad

लिग चरणमा प्लानिङले झापा फुटबल क्लबविरुद्ध २–१, च्यासल युथ क्लबविरुद्ध ४–०, मध्यपुर युथ एसोसिएसनविरुद्ध २–०, ब्वाइज युनियनविरुद्ध २–१, सरस्वती युथ क्लबविरुद्ध ३–०, आरसीटीविरुद्ध १–०, वीरगन्ज युनाइटेडविरुद्ध १–०, बाँसबारी क्लबविरुद्ध २–०, नयाँबस्ती युथ क्लबविरुद्ध ५–० र टुसालविरुद्ध ८–३ को जित निकालेको थियो । 

भगवती भने २६ अंक जोड्दै लिगको उपविजेता बनेको हो । भगवतीले १३ खेलमा सात जित, एक हार र पाँच बराबरीबाट २६ अंक जितेको हो । उसले एक खेलअगावै शीर्ष डिभिजन तय गरेको थियो । विजेता बनेसँगै भगवतीले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । 

लिग चरणमा भगवतीले आरसीटीविरुद्ध ३–१, ब्रिगेड ब्वाइज क्लबविरुद्ध २–०, कुमारी क्लबविरुद्ध २–०, बाँसबारी क्लबविरुद्ध १–०, नयाँबस्तीविरुद्ध ३–०, झापा फुटबल क्लबविरुद्ध २–० र ब्वाइज युनियन क्लबविरुद्ध २–१ को जित निकालेको थियो ।

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  २३:१०
प्रतिक्रिया दिनुहोस्