site stats
बाह्रखरी :: Baahrakhari
विदेश
पाकिस्तानी गोलाबारीमा भारतको जम्मू क्षेत्रमा पाँचजनाको  मृत्यु, तीन घाइते  

काठमाडौं । पाकिस्तानी गोलाबारीमा भारतका विभिन्न स्थानमा पाँचजनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् ।   

भारतको नेशनल हेराल्ड अखबारले स्थानीय अधिकारीहरूलाई उदृत गर्दै  मानव बसोबास भएका विभिन्न सहरमा गरिएको मिसाइल तथा ड्रोन आक्रमणमा दुई वर्षीय बच्चासहित पाँचजना मारिएका बताएको छ । तीनजना घाइते भएको समाचारमा उल्लेख छ । 

Argakhachi Cement Island Ad

भारत नियन्त्रित जम्मू र कश्मीरको एक जिल्ला प्रमुख राजकुमार थापासहित अन्य स्थानीय पाकिस्तानी सेनाले पुँछ र जम्मू जिल्लामा गरेको गोलाबारीमा मारिएका बताइएको छ ।  

पुँछ जिल्लाको कांगा–गल्हुट्टा गाउँमा मोर्टार आक्रमणमा परेर ५५ वर्षीया महिला मारिएकी छन् । जम्मू जिल्लाको आरएस पुरा सेक्टरस्थित बिदिपुर जट्टा गाउँका एक नागरिक पनि मारिएको बताइएको छ ।

अल जजिराले यी दाबीहरू स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको बताएको छ । 

प्रकाशित मिति: शनिबार, वैशाख २७, २०८२  ११:३०
प्रतिक्रिया दिनुहोस्