
काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछाने गोर्खा मिडियाको सञ्चालक मात्र नभएर व्यवस्थापक नै भएको ठहर गरेको छ ।
शुक्रबार न्यायाधीशहरू डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले उनलाई थुनामा राख्ने उच्च अदालत बुटवलको आदेश सदर गरेको छ ।
रविले आफू गोर्खा मिडियाको सञ्चालक मात्रै रहेको दाबी गर्दै आए थिए । तर सर्वोच्चले ०७७ भदौ १०मा भएको सम्झौता र १५ प्रतिशत सेयर लिने निर्णयले उनी टेलिभिजनको व्यवस्थापक नै रहेको निष्कर्ष निकालेको छ ।
“उक्त कम्पनीको व्यवस्थापनमा स्थापना कालदेखि नै यी प्रतिवादीको संलग्नता भएको देखिन आयो,” सर्वोच्चको शुक्रबारको आदेशमा उल्लेख छ । ‘
सर्वोच्चले पूर्वगृहमन्त्री लामिछानेहित पूर्वडीआईजी छविलाल जोशीलाई पनि थुनामा राख्ने आदेश सदर गरेको छ ।