देश

काठमाडौं । सुनसरीबाट ७८३ किलो गाँजासहितको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीले बुधबार ७८३ किलोग्राम गाँजासहितको ट्रक र दुई ब्यक्तिलाई नियन्त्रणमा लिएको हो ।
भेडेटारबाट धरानतर्फ आउँदै गरेको नम्बर प्लेट नभएको ट्रक चेक गर्दा उक्त परिमाणको गाँजा र ना ७ ख २८१ लेखिएको नम्बर प्लेट फेला परेको थियो ।
ट्रकको ड्राइभर सिटमाथि बक्सा बनाएर २२ वटा पोकामा लुकाएर ल्याउँदै गरेको गाँजासहितको ट्रक नियन्त्रणमा लिएको हो ।
चालक सुनसरीको बराहक्षेत्र–१ बस्ने ३१ वर्षका मनोज परियार र सहचालक धनकुटा सिदुवा–६ का १८ वर्षका आकाश राईलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका सह प्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२ ०८:२६
प्रतिक्रिया दिनुहोस्