देश
-1747798480.jpg)
काठमाडौं । काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टेमा रहेको सिग्मा कलेजको क्यान्टिनमा बुधबार आगलागी भएको छ । ग्यास लिक भएर आगलागी भएको हो ।
आगलागीबाट क्यान्टिनमा रहेका सामान जलेर नष्ट हुँदा करिब तीन लाख रुपैयाँबराबरको क्षति भएको बताइएको छ ।
अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय वासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा आगो लिएका छन् ।
आगलागी बिहान करिब ८ बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको सशस्त्रका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२ ०९:२०
प्रतिक्रिया दिनुहोस्