site stats
बाह्रखरी :: Baahrakhari
देश
शाखा अधिकृत महिमानसिंह विष्टले कसको आदेशमा लेखे पत्र ?

काठमाडौं । सर्वोच्च अदालतको रिट शाखामा कार्यरत महिमान विष्टले आफूभन्दा माथिका अधिकारीसँग समेत नसोधी रेशम चौधरीलाई पक्राउ गर्न पत्र काटेको पाइएको छ । 

विष्टले व्यक्तिगत रूपमा पत्र काटेर सर्वोच्चको लेटरप्याडमा प्रहरीलाई पत्राचार गरेपछि रेशम चौधरी बुधबार जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको एकतास्थलबाटै पक्राउ परेका थिए । 

सोही पत्रका आधारमा चौधरी डिल्लीबजार कारागार चलान भइसकेका छन् । तर, सर्वोच्च अदालतमा भने मुद्दा महाशाखामा पत्राचार गरेको विषयले खैलाबैला मच्चिएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  १५:२२
प्रतिक्रिया दिनुहोस्