site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
शिक्षकले घरघडेरी खोजेका होइनन् : देवेन्द्र पौडेल
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले शिक्षकले घरघडेरी नमागेको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा उनले सरकारले शिक्षकमाथि लाठी र पानीको फोहोरा बर्साएर हिंस्रक चरित्र प्रस्तुत गरेको आरोप लगाए ।

“सरकारले लाठी र पानीको फोहोरा बर्साएर हिंस्रक चरित्र प्रस्तुत गर्‍यो । आदरणीय शिक्षकले घर, घडेरी, बिल्डिङ खोजेका होइनन् । श्रमको मूल्य खोजेका हुन्,” उनले भने ।

उनले शिक्षक, डाक्टर, कर्मचारीको आवाज सुन्दैन भने कसको सरकार हो भनी प्रश्न गरे ।

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  ११:५४
प्रतिक्रिया दिनुहोस्