site stats
बाह्रखरी :: Baahrakhari
देश
बर्दियामा डुबेका युवकको शव फेला

काठमाडौं । बर्दियामा भादा नदीमा डुबेर बेपत्ता भएका एक व्यक्तिको शव फेला परेको छ । गुलरिया नगरपालिका–५, सयलवा रामबाघका १९ वर्षीय सृजन पोख्रेलको शव भेटिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

शुक्रबार (वैशाख १२) बिहान सशस्त्र प्रहरीको गोताखोरले नदीबाट सृजनको शव निकालेको हो । यही वैशाख १० गते गुलरिया–५ स्थित भादा नदीमा नुहाउने क्रममा डुबेर उनी बेपत्ता थिए ।

उनको खोजीका निम्ति गोताखोरसहितको सुरक्षा फौज परिचालित थियो ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  १०:१९
प्रतिक्रिया दिनुहोस्