site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
यी हुन् मन्त्रिपरिषद्‌का निर्णय

काठमाडौं । सरकारले आगामी पाँच आर्थिक वर्षसम्मका लागि प्रदेश तथा स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँटको विस्तृत आधार र ढाँचा स्वीकृत गरेको छ । मंगलबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले आर्थिक वर्ष २०८२/८३ देखि २०८६/८७ सम्मका लागि प्रदेश तथा स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँटको विस्तृत आधार र ढाँचा स्वीकृत गरेको जानकारी दिए ।

उनका अनुसार, सोमबार बसेको बैठकले आगामी आर्थिक वर्षका लागि प्रदेश तथा स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँटको हिस्सा अनुमानित रकम र वित्तीय समानीकरण अनुदान रकम स्वीकृत गर्ने निर्णय गरेको छ ।

Argakhachi Cement Island Ad

मन्त्रिपरिषद्ले धुलिखेल अस्पताल ट्रमा तथा आपत्‌कालीन केन्द्र सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन ५७ करोड ३० लाख थप अनुदान सहायता प्राप्त गर्ने निर्णय गरेको छ ।

बैठकले नेपाल स्टक एक्स्जेन्ज लिमिटेडको रिक्त प्रमुख कार्यकारी अधिकृतमा चुडामणि चापागाईंलाई नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता गुरुङले जानकारी दिए ।

त्यस्तै, बैठकले कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको कार्यकारी निर्देशकमा कृषि मन्त्रालयका वरिष्ठ अर्थविज्ञ डा. प्रद्युम्नराज पाण्डेलाई नियुक्त गरेको छ । बैठकले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानसम्बन्धी विधेयक तर्जुमा गर्न स्वीकृत गरेको छ ।

बैठकले म्यानमार सरकारलाई औषधिलगायत राहत सामग्री उपलब्ध गराउने र नेपाली सेनाको चिकित्सक टोली म्यानमार पठाउने निर्णयसमेत गरेको छ ।

प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१  १६:३०
प्रतिक्रिया दिनुहोस्