site stats
बाह्रखरी :: Baahrakhari
विदेश
भारतमा १० लाख इनाम तोकिएका लोहारा मुठभेडमा मारिए

काठमाडौं । भारतको झारखण्डमा प्रतिबन्धित उग्रवादी संगठन झारखण्ड जनमुक्ति परिषद् (जेजेएमपी)का प्रमुख पप्पु लोहारा प्रहरीसितको मुठभेडमा मारिएका छन् ।

शुक्रबार (मे २३) अबेर राति लातेहार जिल्लाको सलैया जंगलनजिकै भएको मुठभेडमा संगठनका अर्का एक उग्रवादी पनि मारिएका जनाइएको छ ।

Argakhachi Cement Island Ad

लातेहारका एसपी कुमार गौरवले बीबीसीलाई बताएअनुसार, लोहाराबाहेक अर्का एक उग्रवादी मारिएका छन् ।  एकजना घाइते छन् । खोजीकार्य अझै जारी छ ।

झारखण्ड सरकारले लोहारामाथि १० लाख भारतीय रुपैयाँको इनाम घोषणा गरेको थियो । उनी लातेहारको लुँडी गाउँका बासिन्दा थिए ।

सन् २००६–०७ मा प्रतिबन्धित नक्सलवादी संगठन भाकपा माओवादीका कमान्डर संजय यादव आफ्नो टोलीबाट अलग भएका थिए । पछि उनले झारखण्ड जनमुक्ति परिषद् (जेजेएमपी) नामक संगठन स्थापना गरे । संजयको मृत्युपछि लोहारा जेजेएमपीको प्रमुख बने ।

पप्पु लोहारा उर्फ सोमदेव लोहारा पलामू, गढवा र लातेहार जिल्लामा प्रहरीसहित दर्जनौँ मानिसको हत्या आरोपित थिए । बीबीसी हिन्दीबाट ।

प्रकाशित मिति: शनिबार, जेठ १०, २०८२  १६:५८
प्रतिक्रिया दिनुहोस्