site stats
बाह्रखरी :: Baahrakhari
देश
मकवानपुरमा बसको ठक्करबाट एकजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

मकवानपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६, भुलचोकमा बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।

चितवनबाट हेटौँडातर्फ आइरहेको बा४ख ५५८२ नम्बरको बसले मनहरीबाट चितवनतर्फ जाँदै गरेको बा.प्र.०६–००२ प ४२३३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ठक्करबाट स्कुटरमा सवार भरतपुर महानगरपालिका–२, क्षेत्रपुर निवासी २८ वर्षीय आकाश बरामुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सुनसरीको इटहरी उपमहानगरपालिका–७ का २८ वर्षीय बुद्ध लामा घाइते भएका छन् । नयाँ मेडिकल कलेज भरतपुरमा उनको उपचार भइरहेको छ । रासस

प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  १२:२५
प्रतिक्रिया दिनुहोस्