site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
बंगलादेश र नेपालका साहित्यकारबीच विचार विमर्श 

काठमाडौं । नेपाली साहित्यकारहरूको एउटा समूह बंगलादेशको साहित्यिक भ्रमणमा छ । भ्रमणका क्रममा बंगलादेश र नेपालबीच साहित्यिक सम्बन्धका विविध आयामबारे विचार विमर्श भएको छ । 

ढाकास्थित नेपाली राजदूतावास तथा बंगलादेश–नेपाल फ्रेन्डसिप सोसाइटीको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बंगलादेशका सांस्कृतिक मन्त्री मुस्तफा सरवार फारोकीले दुई देशबीचको सम्बन्धलाई प्रवर्धन गर्नुका साथै नेपाल–बंगलादेश मित्रताको मूलमा बलियोसँग रहेको भाषिक, साहित्यिक तथा सांस्कृतिक समानताहरूका विषयमा प्रकाश पारे ।

Argakhachi Cement Island Ad

बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले नेपाल र बंगलादेशका जनताबीचको सम्पर्कलाई सुदृढ पार्न साहित्यिक आदान प्रदान महत्त्वपूर्ण भएको बताए । 

नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले ‘वर्तमान नेपाली साहित्य र संस्कृति’ विषयमा कार्यपत्र प्रस्तुत गरे भने बंगला एकेडेमीका मुजफ्फर हुसेनले ‘बंगलादेशको साहित्य : संघर्ष र रचनात्मकताको प्रतीक’ विषयको कार्यपत्र प्रस्तुत गरे । 

नेपालकातर्फबाट स्रष्टा समाजका संरक्षक पवन आलोक, साहित्यकारहरू जयदेव भट्टराई, प्रद्युम्न जोशी र प्रदीप सापकोटा तथा बंगलादेशका साहित्यकारहरू सलिम सुलेरी र उस्मान गोनीले आफ्ना सिर्जना वाचन गरे । 

कार्यक्रममा बंगलादेश–नेपाल फ्रेण्डशिप सोसाइटीका अध्यक्ष लायन मोशिउर अहमद हुसैनले आफ्नो मन्तव्य राखे । उक्त अवसरमा चित्रकला प्रतियोगिताबाट छनोट गरिएका २० कलाकृतिहरू समावेश रहेको विशेष प्रकाशन लोकार्पण गरियो । 
 

प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  २०:५३
प्रतिक्रिया दिनुहोस्