site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
युवा संघ महाधिवेशन : आफ्नो पक्षमा माहोल बनाउन नाराबाजी
युवा संघको महाधिवेशन उद्घाटन समारोहको दृश्य । तस्बिर : प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालय ।

पोखरा । नेकपा (एमाले)को भ्रातृसंगठन राष्ट्रिय युवा संघको १०औँ महाधिवेशनमा यति बेलासम्म पनि निर्वाचन कार्यक्रम सुरु भएको छैन । शुक्रबार (जेठ ९) महाधिवेशन उद्घाटन गरिएको थियो ।

सर्वसम्मतिमा नेतृत्व चयनको प्रयास गरिए पनि त्यसले सार्थकता पाउन सकेको छैन । बरु, नेतृत्वका आकांक्षीले निर्वाचन माग्दै आफ्नो पक्षमा माहोल बनाउन कार्यक्रमस्थल पोखरा सभागृहको भित्र र बाहिर नाराबाजी गरेका छन् ।

Argakhachi Cement Island Ad

निर्वाचन माग गर्दै क्षितिज थेबे, सुमन पुरी र महाराजा गुरुङ तीनैजनाको समूहबाट छुट्टाछुट्टै प्रदर्शन गरिएको छ । यसबाहेक नेतृत्व आफूले पाउनुपर्ने भन्दै भेगीय नाराबाजी पनि गरिएको छ ।

नेतृत्वमा पाँच आकांक्षी देखिएका छन् । धेरै आकांक्षी भएकाले अरूका नाममा सहमति हुन नसकेको भन्दै क्षितिजलाई अध्यक्षमा सर्वसम्मत गराउने रणनीति अपनाइएपछि नाराबाजीसम्म भएको हो ।

महाधिवेशनमा एक हजार ७०० प्रतिनिधि छन् । महाधिवेशनस्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रकाशित मिति: शनिबार, जेठ १०, २०८२  २१:१८
प्रतिक्रिया दिनुहोस्