site stats
बाह्रखरी :: Baahrakhari
विदेश
प्रीति जिन्टालाई १८ करोडमा सामाजिक सञ्जाल बेचेको आरोप लागेपछि...

काठमाडौं । सोमबार केरला कांग्रेसले सामाजिक सञ्जाल एक्समा एक समाचारको फोटो पोस्ट गर्‍यो । जसमा १८ करोडको ऋणबाट राहत पाउन अभिनेत्री प्रीति जिन्टाले आफ्नो सामाजिक सञ्जाल अकाउन्ट बीजेपीलाई हस्तान्तरण गरेको आरोप लगाइएको थियो । अहिले बैंकको पतनपछि निक्षेपकर्ताहरू सडकमा रहेको उक्त पोस्टमा भनिएको थियो । 

केरला कांग्रेसको उक्त पोस्टप्रति आपत्ति जनाउँदै अभिनेत्री प्रीति जिन्टाले जवाफ फर्काइन्– मेरो बारेमा झुटा समाचार फैलाउनेहरूलाई शरम लाग्नुपर्ने । प्रीति जिन्टाले सोसल मिडिया प्लेटफर्ममा केरला कांग्रेसले गरेको पोस्टलाई ‘घटिया गपशप’ भनेकी थिइन् ।

Argakhachi Cement Island Ad

कांग्रेसलाई जवाफ दिँदै प्रीति जिन्टाले मंगलबार लेखिन्, ‘‘होइन, म आफ्नै सोसल मिडिया खाताहरू आफैँ चलाउँछु र तपाईंलाई झुटा समाचार फैलाउन लाज लाग्नुपर्छ। कसैले मेरो लागि कुनै ऋण वा केही खातामा जम्मा गरेको छैन । कुनै राजनीतिक दल वा तिनका प्रतिनिधिले मेरो नाम र तस्बिर प्रयोग गरेर झुटा समाचार फैलाउँदै र सस्तो गफ र क्लिक–बाइटिङमा संलग्न भएको देख्दा म छक्क परेको छु।’ 

उनले थपेकी छिन्,, ‘अभिलेखका लागि भन्न चाहन्छु, १० वर्षअघि ऋण लिएकी थिएँ र पूर्ण रूपमा तिरिसकेको थिएँ । आशा छ कि यसले स्थिति स्पष्ट पार्नेछ र भविष्यमा कुनै गल्ती नहोस् भनेर मद्दत गर्नेछ।

जिन्टाको बयानपछि केरला कांग्रेसले स्पष्टीकरण दिँदै भनेको छ– यो थाहा पाउँदा राम्रो लाग्यो कि उनले आफ्नो सोसल मिडिया खाताहरू आफैँ चलाइरहेकी छिन्, जबकि अन्य सेलिब्रेटीहरूले आफ्नो खाता ‘आईटी सेल’लाई हस्तान्तरण गरेका छन् ।

कांग्रेसको थप स्पष्टीकरण थियो– तपाईंको ऋण अवस्थाको बारेमा स्पष्टीकरणका लागि धन्यवाद । यदि हामीबाट कुनै गल्ती भएको छ भने हामी खुसीसाथ गल्ती स्वीकार गर्छौं । हामीले मिडिया हाउसहरूको समाचार साझा गरेका हौँ । यो समाचार लेख्ने सञ्चारमाध्यमका अनुसार न्यु इन्डिया कोअपरेटिभ बैंकका पूर्वकर्मचारीहरूले जनवरी २०२० मा आरबीआईलाई लेखेको पत्रमा बैंकमा चलिरहेको भ्रष्टाचारबारे चेतावनी दिएका थिए। त्यो रिपोर्टमा अन्य धेरै व्यक्तिहरूसँग तपाईंको नाम पनि थियो। बीबीसी

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  २१:४५
प्रतिक्रिया दिनुहोस्