site stats
बाह्रखरी :: Baahrakhari
कला
‘भूठान’को टिजरमा के छ ? 

काठमाडौं । हरिवंश आचार्य मुख्य भूमिकामा रहेको चलचित्र ‘भूठान’को टिजर सार्वजनिक भएको छ । 

टिजरमा हरिवंश अमेरिका लगिएका भुटानी आप्रवासीको भूमिकामा देखिएका छन् । उनलाई आफ्नो देश फर्कन खोजेको तर नपाएर विक्षिप्त बनेको मानसिक रोगीको रूपमा देखाइएको छ । 

टिजरमा दयाहाङ राई र जोयश पाण्डे दाजुभाइ रहेको र बाबुको शवलाई जलाउने कि गाड्ने भनेर विवाद गरिरहेको देखिन्छ । 

टिजरमा समलैंगिक सम्वन्ध र आफ्नो परम्परागत संस्कारका कुरा गरिरहेको पनि देखाइएको छ । 

हलिउड अभिनेता ब्रूस डर्न पनि पहिलोपटक नेपाली निर्देशकले बनाएको चलचित्रमा देखिएका छन् । 

अंग्रेजीमा ‘द वल्र्डस् ह्याप्पिएस्ट म्यान’ नाम रहेको यो चलचित्रको मुख्य भूमिकामा हरिवंश आचार्यसँगै दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द, रिचा घिमिरे, जोएस पाण्ड अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदी, हलिउड अभिनेता बु्रस डर्नले विशेष भूमिकामा अभिनय गरेका छन् । 

हलिउडको साग अफट्रा अन्तर्गत रहेर बनेको यो पहिलो नेपाली चलचित्र हो जसमा हलिउडका केही प्राविधिकहरुले पनि काम गरेका छन् । 

विनोद पौडेलले चलचित्रलाई निर्देशन गरेका छन् । 

यस चलचित्रको प्रमुख निर्मातामा अविरल थापा, राजेन्द्र ठकुराठी, अमिताव जोशी, सुशांक मैनाली र किर्तना बाँस्कोटा छन् । कार्यकारी निर्मातामा विकाश भिटो अधिकार, कौशिला खनाल, रमेश भट्ट, अपार श्रेष्ठ, भुवन प्याकुरेल छन् । सहनिर्मातामा जोयस पाण्डे,  प्रदीप शर्मा (बडाईं), राजु पौडेल, रविन पोखरेल र नवराज पराजुली छन् ।                  

चलचित्रमा सुसन प्रजापतिको छायांकन, अन्जय खड्काको सम्पादन, डिकेश खडगी शाहीको ध्वनी, सम्बरन प्रेथु राईको संगीत रहेको छ । 

चलचित्र वैशाख १२ गते प्रदर्शनमा आउनेछ  । 

‘भूठान’ शब्दले कुनै समय आफ्नो घर रहेको तर अहिले हराइसकेको स्थान भन्ने बुझाउने निर्माणपक्षले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  ०९:२३
प्रतिक्रिया दिनुहोस्