site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रहरीको १६ दिने हेभी इक्विप्मेन्ट ड्राइभिङ तालिम सुरु

काठमाडौं । प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा हेभी इक्विप्मेन्ट ड्राइभिङ तालिम सुरु भएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जको तत्त्वावधानमा चल्ने उक्त तलिमको  प्रहरी नायव उपरीक्षक अनुप श्रेष्ठले बुधबार उद्‌घाटन गरे । 

सो अवसरमा उनले तालिमको उद्देश्यबारे प्रकाश पारे । उक्त तालिमपछि प्रहरीहरू हेभी इक्विप्मेन्ट चलाउन र सामान्य मर्मत सम्भार गर्न सक्षम हुने उनको भनाइ थियो । योग्य र दक्ष हेभी इक्विप्मेन्ट चालकका रूपमा जनशक्ति विकास गर्ने तालिमको उद्देश्य रहेको उनले बताए । 

कार्यक्रममा प्रहरी निरीक्षक भरत कुमार श्रेष्ठले तालिमसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । १६ दिन कार्य अवधिको उक्त तालिममा प्रहरी सहायक निरीक्षक ६ जना, प्रहरी वरिष्ठ हवल्दार एकजना, प्रहरी हवल्दार दुईजना, प्रहरी सहायक हवल्दार पाँचजना र प्रहरी जवान दुईजना गरी जम्मा १६ जना प्रशिक्षार्थीको सहभागिता रहेको उनले जानकारी दिए । 

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  ०९:१३
प्रतिक्रिया दिनुहोस्