site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
ओम मेगाश्री फर्मास्यूटिकल्सले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ जारी गर्दै

काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले माघ २१ गतेदेखि वैदेशिक रोजगारीम रहेका नेपालीलाई प्राथमिक सेयर निष्कासन (आईपीओ) जारी गर्ने भएको छ ।

कम्पनीले जारी पुँजीको ६० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने अंकित मूल्य १०० रुपैयाँका दरले १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो । 

पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपालीलाई १० प्रतिशतले हुन आउने एक करोड ८० लाख रुपैयाँ बराबरको एक लाख ८० हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले ५ प्रतिशत अर्थात ९० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ३ प्रतिशत अर्थात् ५४ हजार कित्ता सेयर कम्पनीका कर्मचारीहरुलाई छुट्याएको छ । बाँकी रहेको १४ लाख ७६ हजार कित्ता सेयर कम्पनीले सर्वसाधारणका लागि निष्कासन गर्नेछ ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले फागुन ५ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय तथा सीडीएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर मेरोसेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत् आवेदन दिन सक्नेछन् । 

प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  १०:४१
प्रतिक्रिया दिनुहोस्