site stats
बाह्रखरी :: Baahrakhari
देश
बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । धनकुटामा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चौबिसे गाउँपालिका–२ का २५ वर्षीय मेखबहादुर लिम्बु छन् ।

लिम्बुले ती बालिकालाई फकाएर चौबिसे गाउँपालिका–६ कै राजारानीस्थित होटलमा लगेर पुस ८ गते बलात्कार गरेको उजुरीका आधारमा सोमबार उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी मुढेबासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  १३:४०
प्रतिक्रिया दिनुहोस्