site stats
बाह्रखरी :: Baahrakhari
देश
राष्ट्रिय किताबखानाका शाखा अधिकृत तीन लाख घुससहित पक्राउ

काठमाडौं । राष्ट्रिय किताबखाना (शिक्षक), छाउनी मार्ग ताहाचलमा कार्यरत शाखा अधिकृत धनेश्वर प्रसाईं घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई आइतबार नियन्त्रणमा लिएको हो ।

पेन्सनपट्टा बनाइदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारको टोलीले तीन लाख रुपैयाँ घुससहित कार्यकक्षबाट नियन्त्रणमा लिएकाे हाे ।

Argakhachi Cement Island Ad

 

 

प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  २०:२२
प्रतिक्रिया दिनुहोस्