site stats
बाह्रखरी :: Baahrakhari
विदेश
धर्मपुत्रमाथि दुई वर्षसम्म यौन शोषण गर्ने समलिंगी दम्पतीलाई १०० वर्षको जेल

काठमाडौं । अमेरिकाको जर्जिया राज्यमा एक समलिंगी दम्पतीलाई एक सय वर्षको जेल सजाय सुनाइएको छ । धर्मपुत्र सन्तानमाथि दुई वर्षसम्म यौन दुर्व्यवहार गरेको अभियोगमा ३४ वर्षीय विलियम जुलक र ३६ वर्षीय जाचरी जुलक दोषी ठहर भएका हुन् ।

गत साता सुनाइएको सजायमा प्यारोल दिने प्रावधान पनि खारेज गरिएको थियो । अभियुक्तले केही वर्षअघि एउटा एजेन्सीबाट दुई बच्चालाई धर्मपुत्रका रूपमा लिएका थिए । अहिले उनीहरूको उमेर १२ र १० वर्ष भयो ।

Argakhachi Cement Island Ad

उनीहरूले साथीहरूसँग बचाहरूमाथि यौन दुर्व्यवहार गरिएको तस्बिर र भिडियो सेयर पनि गरेका थिए । उनीहरूले दुवैले आफूमाथि लगाइएका सबै आरोप स्वीकार गरेका छन् ।

उनीहरू सन् २०२२ मा पक्राउ परेका थिए । लामो अनुसन्धानपछि उनीहरू दोषी ठहर भएका हुन् ।

मिडिया रिपोर्टका अनुसार, उनीहरूले बचाहरूलाई दिनहुँ यौन सम्पर्क गर्न बाध्य पार्थे । उनीहरूले बचाहरूलाई अन्य दुई व्यक्तिसँग पनि यौन सम्पर्क राख्न लगाएको खुलेको थियो । त्यसको भिडियो बनाएर उनीहरू पोर्नोग्राफीको गिरोहलाई बेच्ने गर्थे ।

टाइम्स अफ इन्डियाबाट ।

 

प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  २३:४७
प्रतिक्रिया दिनुहोस्