site stats
बाह्रखरी :: Baahrakhari
देश
मोरङमा स्रोत नखुलेको साढे ४७ लाखसहित एकजना पक्राउ
Argakhachi Cement Island Ad

काठमाडौं । मोरङमा प्रहरीले स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रंगेली नगरपालिका–८ दर्वेशाका ६५ वर्षीया ज्योतिदेवी अग्रवाल छन् ।

उनलाई स्रोत नखुलेको ४७ लाख ४९ हजार रुपैयाँ नगदसहित मंगलबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

उनको घरमा स्रोत नखुलेको नगद लुकाएको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनलाई रकमसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  १४:४४
प्रतिक्रिया दिनुहोस्