site stats
बाह्रखरी :: Baahrakhari
देश
आफूलाई गृहमन्त्री रमेश लेखकको पीए बताउने 'नक्कली पीए' पक्राउ

काठमाडौं । आफूलाई गृहमन्त्रीको ‘प्रमुख स्वकीय’ बताएर प्रहरी/प्रशासनदेखि विभिन्न निकायमा फोन गर्ने नक्कली पीएलाई प्रहरीले पक्राउ गरेको छ । आफूलाई गृहमन्त्री रमेश लेखकको पीए बताएर विभिन्न क्षेत्रबाट लाभ लिन खोजेको आरोपमा बिहीबार प्रहरीले बैतडीको भूमेश्वर गाउँपालिका–७ का २६ वर्षीय करनसिंह विष्टलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सानुराम भट्टराईले विष्टमाथि अनुसन्धान थालिएको जानकारी दिए । उनका अनुसार, विष्टलाई धुम्बाराहीबाट पक्राउ गरिएको हो ।

Argakhachi Cement Island Ad

नक्कली पीएको विषय गृहमन्त्रीको सचिवालयमा आएपछि केही समययता विष्टबारे सुक्ष्मरूपमा जानकारी लिइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार, विष्टले अनावश्यक दबाब दिएर फोन गर्न थालेपछि सचिवालयकै आग्रहमा प्रहरीले पक्राउ गरेको हो ।

गृहमन्त्री लेखकको सचिवालयले विभिन्न क्षेत्रमा आफूलाई पीए तथा सल्लाहाकार बताएर फोन गर्ने व्यक्तिहरूबाट सर्तक रहन आग्रह गरेको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  १८:१८
प्रतिक्रिया दिनुहोस्