site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मोरङको ग्रामथानमा माओवादीको अग्रता, कांग्रेस १६ सय मतले पछाडि 

काठमाडौं । मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का नमोनारायण माझीले अग्रता लिएका छन् । 

कांग्रेसका बलराम थारु १ हजार ५५८ मतान्तरले पछि छन् । निर्वाचन आयोगको तथ्यांक अनुसार माझीले ४ हजार ८०२ मत ल्याउँदा थारुले ३ हजार १४४ मत पाएका छन् । 

एमालेका तुलसीराम विश्वासले २ हजार १३८ मत प्राप्त गरेका छन् । ०७९ मा कांग्रेस निर्वाचित भएको थियो । 

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  ०६:०६
प्रतिक्रिया दिनुहोस्