site stats
बाह्रखरी :: Baahrakhari
खेल
एनपीएलमा आज दुई खेल हुँदै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदै छन् । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं गुर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदै छ । प्रतियोगितामा दुवै टिमको यो पहिलो खेल हो । यी दुई टिमबीचको खेल बिहान ९ बजेदेखि सुरु हुनेछ ।

यस्तै, प्रतियोगिताको दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा जनकपुरको यो दोस्रो खेल हो । जनकपुरले यसअघि उद्घाटन खेलमा विराटनगर किंग्स्विरुद्ध आठ विकेटको सहज जित निकालेको थियो । 

कर्णालीको भने प्रतियोगिताको पहिलो खेल हो । दुवै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । 

मंसिर १५ गतेदेखि सुरु भएको प्रतियोगितामा कुल आठ टिमको सहभागिता छ । २१ दिनसम्म चल्ने प्रतियोगिताको फाइनल खेल पुस ६ गते हुनेछ ।
 

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  ०५:१५
प्रतिक्रिया दिनुहोस्