site stats
बाह्रखरी :: Baahrakhari
देश
बसको ठक्करबाट एकजनाको मृत्यु, दुई घाइते 

चितवन । रत्ननगर नगरपालिका–२ सब्जिमण्डीस्थित पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुईजनाको अवस्था गम्भीर छ । 

खैरहनीबाट टाँडीतर्फ आइरहेको बसले मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार तीनजनामध्ये एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घाइतेमध्ये रत्ननगर–१३ अमिलियाका २१ वर्षीय सुनील पौडेलको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । सोही ठाउँका २० वर्षीय साहिल परियार र २१ वर्षीय सञ्जय लामा गम्भीर घाइते छन् । 

उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । बसचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  ०७:४६
प्रतिक्रिया दिनुहोस्