site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेपाल र स्कटल्यान्डबीचको खेल रद्द 

काठमाडौं । खराब मौसमका कारण खेलअघि बढ्न नसक्दा नेपाल र स्कटल्यान्डबीचको खेल रद्द भएको छ ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को ४४औँ खेलमा नेपालले अंक बाडेको हो । अमेरिकाको ड्यालसमा हुने तालिका रहे पनि खेल खराब मौसमक कारण दुईपटक रोकिएको थियो ।

खेलमा टस हारेर ब्याटिङमा आएको नेपालले ६ ओभरमा एक विकेट गुमाउँदै २६ रन बनाउँदा खेल अघि बढाउन सम्भव नभएको हो ।

लिग–२ मा १२ खेलबाट ६ अंक जोडेको नेपाल तालिकाको सातौँ स्थानमा छ । चार अंक जोडेको यूएई पुछारमा छ । 

१६ अंक जोडेको अमेरिका शीर्ष स्थानमा  छ । ११ खेलबाट १४ अंंक जोडेको स्कटल्यान्ड तालिकाको तेस्रो स्थानमा छ । 

प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१  ०७:३७
प्रतिक्रिया दिनुहोस्