site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
प्राइम कमर्सियल बैंकले नगद लाभांश दिने

काठमाडौं । प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

आज बसेको बैंक सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको पाँच प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

यस रकमबाट नै सेयरधनीले कर तिर्नुपर्ने छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लाभांश वितरण गरिने छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  १८:३३
प्रतिक्रिया दिनुहोस्