site stats
बाह्रखरी :: Baahrakhari
देश
सिन्धुलीमा कौडा खेलिरहेका आठजना समातिए
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । सिन्धुलीमा जुवा (कौडा) खेलिरहेका आठजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुधौली नगरपालिका–८ का २७ वर्षीय हिमाल बरालसहितका व्यक्तिहरू छन् ।

दुधौली–७, कटहरेका राजेन्द्र थापाको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा शुक्रबार (हिजो) राति उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

नगद ४३ हजार १७० रुपैयाँ, कौडा १६ र मोटरसाइकल दुईथानसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  १९:२२
प्रतिक्रिया दिनुहोस्