site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
आरजु राणाको दाबी– सरकार १०० दिनमा धेरै राम्रा काम गर्न सफल भयो

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले वर्तमान सरकारले १०० दिनमा धेरै राम्रो काम गर्न सफल भएको बताएकी छन् । बुधबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री राणाले देशको बिग्रेको अवस्थाबाट सरकार सम्हालेको भन्दै अहिलेसम्म आइपुग्दा धेरै राम्रा काम गर्न सफल भएको जिकिर गरिन् ।

उनले वर्तमान सरकारप्रति नागरिकको अपेक्षा धेरै भएकाले त्यसअनुसार शतप्रतिशत काम भने गर्न नसकेको बताइन् । उनले हालैको बाढीपहिरोपछिको उद्धार, राहत र सडक सञ्जाल छिट्टै सञ्चालन गर्न सफल भएको पनि बताइन् ।

मन्त्री राणाले प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा भएका काम कारबाहीको सुरुवाती संकेत निकै राम्रो भएको दाबी गरिन् ।

अर्को प्रसंगमा उनले कानुनी प्रक्रियाका आधारमा सहकारी प्रकरणमा छानबिन भइरहेको बताइन् ।

प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  १६:३९
प्रतिक्रिया दिनुहोस्