site stats
बाह्रखरी :: Baahrakhari
कला
‘एक्टरः टेक वन’को प्रदर्शन मिति हेरफेर

काठमाडौं । चलचित्र ‘एक्टरः टेक वन’को प्रदर्शन मिति हेरफेर गरिएको छ । पूर्वनिर्धारित मिति कात्तिक १५ मा सार्वजनिक प्रदर्शनमा आउने बताइए पनि अब यो चलचित्र माघ १६ गते रिलिज हुने भएको छ । 

चलचित्र निर्माण टोलीका सदस्यहरूको स्वास्थ्यमा समस्या देखिएको र केही प्राविधिक कठिनाइहरू उत्पन्न भएकाले प्रदर्शन मिति पर सार्नु परेको निर्माण पक्षले जनाएको छ । 

चलचित्रलाई राजन भुसालले निर्देशन गरेका छन् । स्क्रिप्ट आकाश बराल र राजन भुसालको रहेको छ । 

प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी र राजबल्लभ कोइरालासहित दिव्य देव, उषा रजक र सुशील सिटौलालगायत कलाकारहरूको प्रमुख भूमिका रहेको छ । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  १२:५२
प्रतिक्रिया दिनुहोस्