site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
६१ अंक बढेर १५१ अंकले घट्यो, यी हुन् सर्वाधिक घट्ने र बढ्ने १० कम्पनी

काठमाडौं । यो साता धितोपत्र दोस्रो बजार कारोबारमा उच्च उतारचढाव देखियो । एक साताको अन्तरालमा बजार ६०.७७ अंकले बढेर १५०.७७ अंकले घट्यो । तर, समग्रमा बजार यो साता ९० अंकले घटेर २,४८६.७६ विन्दुमा बन्द भएको छ । गत साताको अन्तिम कारोबार दिन बजार २,५७६.७६ विन्दुमा थियो ।

नेप्से परिसूचक घटेसँगै कारोबार रकम पनि दैनिक घट्दै गएको छ । यो सातभरिको पाँच कारोबार दिनमा २६ अर्ब नौ करोड ७४ लाख रुपैयाँको सेयर कारोबार भयो । तर, गत साता तीन दिनमात्र कारोबार हुँदा पनि २३ अर्ब ३७ करोड चार लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

यस साताको आइतबार ११.५९ अंकले बजार बढेको थियो भने सोमबार ५९.०२ अंक र मंगलबार ५८.९४ अंकले बजार घटेको थियो । बुधबार भने बजार ४९.१८ अंकले बढेको थियो । साताको अन्तिम दिन भने बजार ३२.८१ अंकले घटेर २,४८६.७६ विन्दुमा बन्द भयो ।

यो साता कुल बजार पुँजीकरण पनि घटेको छ । साताको अन्तिम दिन कुल बजार पुँजीकरण ३९ खर्ब ५४ अर्ब १५ करोड कायम भएको छ । तर, गत साताको अन्तिम दिन कुल बजार पुँजीकरण ४० खर्ब ९७ अर्ब २५ करोड रुपैयाँ थियो ।

गत सात बजार तीन दिन नै घटेको थियो । भदौ ३० गते बजार ५०.७४ अंकले बजार घटेको थियो भने सोमबार ५७.०३ अंकले बजार घटेको थियो । त्यस्तै, असोज १ गते इन्द्रजात्रा भएका कारण काठमाडौं उपत्यका बिदा भएकाले सो दिन (मंगलबार) सेयर कारोबार भएन । असोज २ गते बुधबार भने बजार ४ अंकले घटेको थियो । गत साताको अन्तिम कारोबार दिन संविधान दिवसका कारण बजार बन्द भयो ।

त्यही पनि तीन कारोबार दिनमा २३ अर्बभन्दा बढीको सेयर खरिद–बिक्री भएको थियो ।

गत साताको तुलनामा यो साता अपर स्याङ्गे हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्वाधिक वृद्धि भएको छ । गत साता प्रतिकित्ता ७१८ रुपैयाँमा कारोबार भएको यस हाइड्रोपावरको सेयर मूल्य बढेर प्रतिकित्ता ८९४ रुपैयाँ ८० पैसा कायम भएको छ । यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २४.६२ प्रतिशतले वृद्धि भएको हो ।

सेयर मूल्य सर्वाधिक घट्नेमा सीईडीबी आइड्रोपावर डेभलपमेन्ट कम्पनीको भएको छ । यो कम्पनीको सेयर मूल्य २०.९६ प्रतिशतले घटेर प्रतिकित्ता एक हजार ५८० रुपैयाँ कायम भएको छ । यस कम्पनीको सेयर मूल्य गत सातको अन्तिम कारोबार दिन एक हजार ९९९ रुपैयाँ थियो ।

  सेयर मूल्य घटेका १० कम्पनी
  नाम असोज १० असोज २ परिवर्तन (प्रतिशतमा) 
सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड १५८० १९९९ -२०.९६
रावा इनर्जी डेभलपमेन्ट लिमिटेड ७१०.१ ८२१ -१३.५१
स्वरोजगार लघुवित्त वित्तीय संस्था लि. ९६६.४ १०९१ -११.४२
सिर्जनशील लघुवित्त वित्तीय संस्था लिमिटेड १८४० २०७६ -११.३७
ओरिएन्टल होटल्स लिमिटेड ९२० १०३५ -११.११
हिमालयन लघुवित्त बित्तीय संस्था लिमिटेड ८३४ ९२६ -९.९४
ह्याथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड १२८१ १४१५ -९.४७
ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लि. १११८.३ १२३५.२ -९.४६
गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड १४५० १६०० -९.३८
१० विजय लघुवित्त बित्तीय संस्था लि. ७८९ ८७० -९.३१
         
  सेयर मूल्य बढेका १० कम्पनी
  नाम असोज १० असोज २ परिवर्तन (प्रतिशतमा) 
अपर स्याङ हाइड्रोपावर लिमिटेड ८९४.८ ७१८ २४.६२
रु रु जलविद्युत परियोजना लिमिटेड ८४८ ७६३ ११.१४
वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड २९०० 2611 ११.०७
सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड 1364 १३०० ४.९२
युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड २६४० २५१७ ४.८९
बोटलर्स नेपाल (बालाजु) लिमिटेड १६९३१ १६३०० ३.८७
सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड १५४५ १४९० ३.६९
युनिलिभर नेपाल लिमिटेड ५०७५० ४९९९९ १.५
एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड १३१५ १२९५.९ १.४७
१० बाराही हाइड्रोपावर पब्लिक लिमिटेड ६९३ ६८३ १.४६

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  २१:२४
प्रतिक्रिया दिनुहोस्