site stats
बाह्रखरी :: Baahrakhari
देश
चटयाङ लागेर दुईजनाको मृत्यु
Argakhachi Cement Island Ad

कञ्चनपुर । कञ्चनपुरमा चटयाङ लागेर दुईजनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक उमेश जोशीका अनुसार चटयाङ लागेर दोधारा चाँदनी नगरपालिका–६ का ३४ वर्षीय यामबहादुर सुनार र लालझाडी गाउँपालिका–१ की २८ वर्षीया हिरामती रानाको मृत्यु भएको हो । 

चटयाङ लागेर दोधारा चाँदनी–६ का ३७ वर्षीय जगदिश सुनार घाइते भएका छन् । रुखमा ओत लाग्ने क्रममा चटयाङ लागेर उनी घाइते भएको प्रहरीले जनाएको छ । उनको प्राथमिक स्वास्थ्य केन्द्र दोधारा चाँँदनीमा उपचार भइरहेको छ । रासस

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १४:५७
प्रतिक्रिया दिनुहोस्