site stats
बाह्रखरी :: Baahrakhari
देश
जुम्लाको सिञ्जा गाउँपालिकामा ९६ प्रतिशत साक्षर

जुम्ला । जुम्लाको सिञ्जा गाउँपालिकाका ९६ दशमलव दुई प्रतिशत जनता साक्षर भएका छन् । पालिकामा बसोबास गर्ने अधिकांश जनता साक्षर भएसँगै शिक्षा दिवसका अवसरमा पालिकालाई साक्षर घोषणा गरिएको छ । 

साक्षरताका १२ वटा सूचकमध्ये हस्ताक्षर गर्न सक्ने, मोबाइल चलाउन सक्ने, समय हेर्न र भन्न सक्ने, सामान्य लेखपढ गर्न सक्ने, एकदेखि १० सम्म अंक भन्न र सामाजिक भावना व्यक्त गर्न सक्ने भएकाले साक्षर गाउँपालिका घोषणा गरिएको गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख शंकर धितालले बताए । 

बाह्रवटा सूचकमध्ये बाँकी ६ वटा सूचक पूरा गर्न विद्यार्थी र विद्यालय परिचालन गरिएको छ । मूल्यांकन गर्दा सैद्धान्तिक ५० र प्रयोगात्मक ५० प्रतिशत मानिएको छ । 

२५ प्रतिशत परियोजना कार्यमध्येबाट विद्यार्थीले अभिभावकलाई साक्षर बनाउने र एकअर्कालाई सिकाउने रणनीति गाउँपालिकाले लिएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए । रासस

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  ०८:२०
प्रतिक्रिया दिनुहोस्