site stats
बाह्रखरी :: Baahrakhari
देश
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
प्रतीकात्मक तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेर आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा कालिकोटको खाँडाचक्र नगरपालिका–११ घर भई हाल काठमाडौं महानगरपालिका–२२ सुन्धारा बस्ने  बस्ने ४१ वर्षीय धीरबहादुर शाही रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

शाहीलाई काठमाडौंको सुन्धारा नजिक फेला पारी कानुनबमोजिम पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कालिकोट पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  २३:४०
प्रतिक्रिया दिनुहोस्