site stats
बाह्रखरी :: Baahrakhari
देश
अर्घाखाँचीमा खोलाले बगाएर दुई जनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।
Argakhachi Cement Island Ad

अर्घाखाँची । अर्घाखाँचीको सिमलपानीमा झर्नामा नुहाउने क्रममा खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ ।

शीतगंगा नगरपालिका–१४ ढावामा छहरे खोलाबाट बगेको झर्नामा नुहाउने क्रममा कपिलवस्तु जिल्ला बाणगंगा नगरपालिका–२ निवासी २८ वर्षीय उमेश पौडेल र २३ वर्षीय किशोर रासकोटीलाई खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रतीत सिंह राठोरले बताए ।

आज दिउँसो झर्नामा नुहाउने क्रममा बगेका दुवै जनाको शव खोलामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपेन्द्र रावलले बताए । रासस

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  २३:३८
प्रतिक्रिया दिनुहोस्