site stats
बाह्रखरी :: Baahrakhari
देश
सर्पले डसेका युवकको बाटोमै मृत्यु
प्रतीकात्मक तस्बिर ।
Argakhachi Cement Island Ad

बरहथवा (सर्लाही) । सर्लाहीको हरिवनमा विषालु सर्पले डसेका एक युवकको ज्यान गएको छ । हरिवन नगरपालिका–८, चापिनी निवासी ३५ वर्षीय सागर आलेमगरको मृत्युभएको हो ।

आलेलाई गएराति शौचालय जाने क्रममा गोमन सर्पले डसेकामा उनलाई लालबन्दीस्थित सर्पदंश उपचार केन्द्र नवलपुर पुर्‍याइएको थियो । तर, त्यहाँ उपचार सम्भव नभएपछि जनकपुरतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।

गए राति नै सर्पले डसेको भए पनि आज बिहानपख मात्र परिवारले थाहा पाएपछि ढिलो गरी उपचारका लागि ल्याइएकाले समस्या भएको उपचार केन्द्र नवलपुरका अध्यक्ष उद्धव पौडेलले जानकारी दिए । रासस

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  २३:२२
प्रतिक्रिया दिनुहोस्