site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल (२४ क्यारेट) सुनको मूल्य घटेर कारोबार भएको छ । 

आज एक लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार एक लाख ४९ हजार ९०० रुपैयाँ पुगेको थियो । यसदिन २२ क्यारेट सुन प्रतितोला एक लाख ३७ हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला एक हजार ७८५ रुपैयाँमा करोबार भइरहेको महासंघले जनाएको छ ।  
 

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १०:५४
प्रतिक्रिया दिनुहोस्