site stats
बाह्रखरी :: Baahrakhari
देश
बाँकेमा चट्याङ लागेर दुई महिलाको मृत्यु

जानकी (बाँके) । बाँकेमा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ । अर्की एक महिला घाइते भएकी छन् ।

ज्यान गुमाउने ३२ वर्षीया सम्झना बिक र ३२ वर्षीया वसन्ती उपाध्याय छन् । 

Argakhachi Cement Island Ad

राप्तिसोनारी गाउँपालिका–२ कचनापुरको हरिहरपुर गाउँमा धान रोप्ने क्रममा चट्याङ लागेर उनीहरूको ज्यान गएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए ।

चट्याङ लागेर ३० वर्षीया सलिना बिक गम्भीर घाइते भएकी छन् । उनको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस
 

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  २३:३०
प्रतिक्रिया दिनुहोस्